News by: helpline
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी लायन्स जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले एक करोड १० लाख हात रुपैया पा¥यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु प¥यो ।
पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा ग¥यो । लुम्बिनीलाई उपाधि जिताउन दिनेश अधिकारी र डी’अर्सी जोन सर्टले ४ ओभर १ बलमा ५८ रनको साझेदारी गरे।
लुम्बिनीको लागि दिनेशले सर्वाधिक ४२ रनको योगदान गरे। उनले १३ बलमा ५ छक्का र १ चौकाको मदतमा उक्त रन जोडेका हुन्। त्यस्तै, कप्तान रोहित मल्ल १६, डी’अर्सीले १४, निरोशन डिकवेल्ला ११ र दिलीप नाथले आजीवित १ रन बनाए। सुदुरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १ विकेट लिए।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने