News by: helpline
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी लायन्स जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले एक करोड १० लाख हात रुपैया पा¥यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु प¥यो ।
पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा ग¥यो । लुम्बिनीलाई उपाधि जिताउन दिनेश अधिकारी र डी’अर्सी जोन सर्टले ४ ओभर १ बलमा ५८ रनको साझेदारी गरे।
लुम्बिनीको लागि दिनेशले सर्वाधिक ४२ रनको योगदान गरे। उनले १३ बलमा ५ छक्का र १ चौकाको मदतमा उक्त रन जोडेका हुन्। त्यस्तै, कप्तान रोहित मल्ल १६, डी’अर्सीले १४, निरोशन डिकवेल्ला ११ र दिलीप नाथले आजीवित १ रन बनाए। सुदुरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १ विकेट लिए।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,