14th April 2026, Tuesday

थ्रेसहोल्ड कटेका सबैदलले आयोगलाई बुझाए समानुपातिक तर्फको नाम

Post Image
4 हप्ता अगाडी

News by: helpline

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ प्रतिशत थ्रेस होल्ड कटाउन सफल ६ राजनीतिक दलले समानुपातिक तर्फ निर्वाचिन हुने सदस्यको नाम सिफारिस गरी निर्वाचन आयोगमा बुझाएका छन ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभन सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा खसेको कुल सदर मतको ३ प्रतिशत थ्रेस होल्ड कटाए। निर्वाचन कानुन अनुसार प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ कम्तिमा एक सटि निर्वाचित भएको र निर्वाचनमा खसेको कुल सदर मतको ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्रै समानुपातिकतर्फको सिट पाउने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै ३ प्रतिशत थ्रेस होल्ड कटाउने राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनौट गरी पेस गर्न पत्राचार गरेको थियो। प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ रास्वपाले सबैभन्दा बढी ५७ सिट पाएको छ भने कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् । आइतवार समानुपातिक तर्फ सिट पाएका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूले पाएको सिट सङ्ख्या अनुसार बन्द सूचीमा रहेका नाम छानेर निर्वाचन आयोगमा बुझाएका हुन् ।

निर्वाचन आयोगले सबै राजनीतिक दलले समानुपातिक तर्फको नाम बुझाएको र प्राप्त सूचिमा क्लस्टर मिले नमिलेको रुजु गर्नेकाम शुरु गरिएको निर्वाचन आयोगले जनाएको । रुजुगर्ने क्रममा क्लस्टर नमिलेको पाइएमा दलहरुलाइ पत्रचार गरिने र सबै मिलेको पाइएमा छिट्टै आयोगले टुङ्ग्याएर पठाउने आयोगले जनाएको छ ।



No ad available.


No ad available.