24th February 2026, Tuesday

दुर्गा प्रसाईंलाई छाड्न सर्वाेच्चको आदेश

Post Image
2 घण्टा अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभभयो । प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो। उस यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए ।

प्रसाईंले यही फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान शुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो । उमा प्रसाईंले दायर गरेको रिटमा सर्वाेच्चले सुनुवाई गर्दै छाड्न आदेश दिएको हो ।



No ad available.


No ad available.