News by: helpline
काठमाडौं । राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले प्रसाईंलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति पाएको बताउनु भयो ।
प्रहरीद्वारा प्रसाईंलाई सोमबार राति ९ बजे भक्तपुरको थिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो । निर्वाचन आचारसंहिता विपरीतको अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोपमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने