News by: helpline
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ अदालतमा उपस्थित गराउन शुक्रबार आदेश गरेको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न पनि सरकारका नाममा आदेश जारी भएको छ ।
दुर्गा प्रसाईंको हकमा उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराउनु भएो थियो । प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले पटकपटक पक्राउ गर्दै आएको छ । प्रसाईंलाई गत सोमबार पक्राउ गरेको हो । यस अघि माघ ५ र २३ मा पनि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,