24th December 2025, Wednesday

दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह मन्त्रालयमा वार्ता

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं ।  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।

गत सोमबार थुनामुक्त हुनुभएका र गृहमन्त्री अर्यालबीच वार्ता भएको हो ।  गृहमन्त्रीको सचिवालयका अनुसार प्रसाईंको समूहसँग सरकारले यसअघि दुई पटक वार्ता गरिसकेको छ । प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गर्नुभएको थियो ।

तर ६ मंसिरको राति अभियान र सरकारबीच बालुवाटारमा सहमतिपछि आन्दोलन फिर्ता भएको थियो ।प्रहरीले गत मंसिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्धा चलाएको थियो । प्रसाई केही दिन अघि अदाmलतको आदेशमा रहा हुनुभएको थियो 

 


No ad available.


No ad available.