News by: helpline
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको आदेशअनुसार प्रसाईंलाई रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो।
प्रहरीले प्रसाईंलाई शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रसाईलाई नियन्त्रणमा लिइएको हो।
पछिल्लो समय प्रसाईंले ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
यही विषयमा गत १९ माघमा चितवन पुगेका उनले राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन नहुने दाबी गरेका थिए।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,