24th February 2026, Tuesday

दुर्गा प्रसाईं फेरि पक्राउ

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

प्रसाईंलाई सोमबार राति ९ बजे भक्तपुरको थिमीस्थित निवासबाटै पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

स्रोतका अनुसार निर्वाचन आचारसंहिता विपरीतको अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोपमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो ।

यसअघि प्रसाईं २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।



No ad available.


No ad available.