News by: helpline
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफ्नो कार्यकालमा पुराना र चर्चित काण्डको फाइल खोलेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मंगलबार गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो कार्यकालमा पुराना र चर्चित काण्डको फाइल खोलेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयएको हो ।
गृहमन्त्री गुरुङले वि.सं. २०५८ सालमा भएको चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोलेर छानबिन प्रक्रिया अगाडि बढाउने पहिलो महत्वपूर्ण निर्णय गर्नुभएको छ। यसका साथै उहाँले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ बढी बलियो र साधनस्रोत सम्पन्न बनाउने तथा हाल छानबिनका क्रममा रहेका सबै अनुसन्धान प्रक्रियालाई छिटो टुङ्गोमा पु¥याउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ।
मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री गुरुङले पछिल्लो समय ‘जेनजी’ आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा आवश्यक अध्ययन अगाडि बढाउने समेत बताउनुभयो। आफूविरुद्ध लागेको आरोपबारेको प्रश्नमाथि टिप्पणी गर्दै गृहमन्त्री गुरुङले आफूलाई तथ्यहीन रूपमा आरोप लगाइएको दाबी गर्नुभयो । गृह प्रशासनलाई पारदर्शी, जबाफदेही र नागरिकमैत्री बनाउन आफू लागिपर्ने धारणा पनि गृहमन्त्रीको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,