14th April 2026, Tuesday

थोरै सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुदै छू: प्रधानमन्त्री सुशीला कार्की

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आफु थोरै सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँन लागेको बताउनु भएको छ ।

 प्रधानमन्त्री कार्कीले विहिबार साँझ विदाइ सन्देश जारी गर्दै आफु केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदै गरेको बताउनु भएको हो । प्रधानमन्त्री करकीले जेनजी आन्दोलनको जग र कठिन परिस्थितिमा बनेको एबं निर्बाचनको कार्यभार पाएको सरकार निर्वाचन सम्पन्न गर्न सफल भएको पनि बताउनु भयो। निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको भन्दै प्रधानमन्त्रीले यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको बताउनु भएको छ ।

 कार्कीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै जेनजी का माग र जनताका अपेक्षा आब् बन्ने युबा सरकारले पूरा गर्ने बिश्वास पनि ब्यक्त गर्नु भयो। उहाँले ६ महीने कार्यकालमा सरकारले भ्रस्टाचार नियन्त्रण र सुशाशन कायम गर्ने आधारशिला तयार पारेको भन्नुहुदै आगामी नया सरकारले यसलाई पूरा गर्नुपर्ने बताउनुभयो। सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ । युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्ने विश्वास पनि प्रधानमन्त्री कार्कीले ब्यक्त गर्नुभयो।



No ad available.


No ad available.