News by: helpline
काठमाडौं । काठमाडौ जिल्ला अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमा राख्न थप दुई दिन म्याद दिएको छ ।
बिहिबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले भर्चुअल सुनुवाइमार्फत् अनुसन्धानका लागि समय थप गर्ने आदेश दिएको हो । बयानका क्रममा ओलीले स्वास्थ्य समस्या रहेको जानकारी गराउनु भएको थियो । अदालतले उपचारमा असर नपर्ने गरी अनुसन्धान अघि बढाउन समेत निर्देशन दिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा वर्तमान सरकारले ओलीलाई यही चैत १४ गते शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,