24th December 2025, Wednesday

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गहो । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ यही कार्तिक २७ गतेदेखि अवकाशमा जान लाग्नु भएकाले कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नु हुनेछ ।

२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनुहुनेछ । कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख हुनुहुन्छ । उहाँले २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको थियो ।

३० वर्षे सेवा अवधिकै कारण हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जान लाग्नु भएको हो । नवनियुक्त महानिरीक्षक कार्की २०८२ वैशाख १५ मा डीआईजीबाट एआईजीमा बढुवा हुनु भएको थियो । महानिरीक्षकमा कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।



No ad available.


No ad available.