News by: helpline
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गहो । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ यही कार्तिक २७ गतेदेखि अवकाशमा जान लाग्नु भएकाले कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नु हुनेछ ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनुहुनेछ । कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख हुनुहुन्छ । उहाँले २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको थियो ।
३० वर्षे सेवा अवधिकै कारण हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जान लाग्नु भएको हो । नवनियुक्त महानिरीक्षक कार्की २०८२ वैशाख १५ मा डीआईजीबाट एआईजीमा बढुवा हुनु भएको थियो । महानिरीक्षकमा कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,