News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि ऐतिहासिक रूपमा भएको विभेद र अन्यायका लागि सरकारको तर्फबाट माफी माग्नु भएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले दलित समुदायमाथिको विभेद सामाजिक गल्ती मात्र नभई संगठित अपराध भएको उल्लेख गर्नुभयो । उहाँले सम्बोधनका क्रममा चुनावका बेला खगेन्द्र सुनारले माफी मागेको प्रसंग उल्लेख गर्दै भन्नुभयो , ‘मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा उहाँले माफी माग्नु भयो।
गल्ती गरेको हो कि होइन भन्ने अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारमाथि युगौँ युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौँ?’ सम्बोधनका क्रममा सभापति लामिछानेले सरकारले अब महिलाहरूको अधिकार पनि सुनिश्चित गर्ने बताउनु भयो । लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनु भयो ।
सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो ।
जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि लामिछानेको छ । उहाँले सुशासनको सवालमा कुनैपनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक