23rd August 2026, Sunday

दलबिच सहकार्य अपरिहार्य – रबि लामिछाने

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकको विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबिच सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ ।

चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले व्यक्तिगत तथा दलीय वैमनस्यता तयाग्नु पर्ने बताउनुभयो सभापति लामिछानेले नयाँ पुस्ताका राजनीतिज्ञ ठुलो हृदय बोकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“हामीलाई अब आपसमा प्रतिस्पर्धा गरेर समय खेर फाल्ने छुट छैन,” उहाँले भन्नुभयो, “हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी स्वार्थ हुन्, ती यहीँ र अहिले नै सकिनुपर्छ । हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्छ ।”

उहाँले रास्वपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो । लामिछानेले चुनावअघि नै बालेन्द्र शाह (बालेन)को खुट्टामा बल पु¥याएको र अब बालेनको जिम्मामा भटाभट गोल हान्ने जिम्मा रहेको बताउनुभयो ।



No ad available.


No ad available.