News by: helpline
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गर्नुभएको छ ।
उहाँले गत वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा मार्फत दक्षिण कोरियामा अटोमोबाइल, काठ, औषधि र अन्य सबै ‘पारस्परिक ट्यारिफ’ लगायतका विभिन्न उत्पादनहरूमा १५ प्रतिशतबाट कर बढाउने बताउनुभयो ।
दक्षिण कोरियाली सांसदहरूले सम्झौतालाई अनुमोदन गर्न ढिलाइ गरे पनि सम्झौता अनुसार ट्यारिफ घटाउन द्रुत गतिमा काम गरिरहेको उहाँको भनाइ छ । दक्षिण कोरियाले आफ्ना केही सामानहरूमा कर बढाउने निर्णयको आधिकारिक सूचना नदिएको र यस विषयमा वासिङ्टनसँग तत्काल वार्ता गर्न चाहेको जनाएको छ ।
अहिले क्यानडामा रहनु भएका दक्षिण कोरियाका उद्योगमन्त्री किम जङ–क्वानले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकलाई भेट्न सकेसम्म चाँडो वाशिंगटनको भ्रमण गर्ने पनि बताउनुभयो ।
दुई देशबीच गत अक्टोबरमा दक्षिण कोरियाले अमेरिकामा ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने