News by: helpline
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ ।
सिंहदरबारमा बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले ओलीलाई पत्रकाचार गर्ने तयारी गरेको बताउनु भएको हो । उहाँले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्ने बारेमा जिज्ञासा राख्नुभएको र आफूले जानकारी गराएको बताउनुभयो ।
आयोग अध्यक्ष कार्कीले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि बताउनुभएको छ। उहाँले नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसको पनि बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहनुभएको अवस्थामा आयोगले गर्न लागेको हो । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट गठित तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,