News by: helpline
काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुग्नु भएको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री लेखकसँग आयोगले बयान लिन बोलाएको हो । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले यसअघि सुरक्षा निकायका प्रमुख र प्रशासनिक निकायका प्रमुखहरुको बयान लिएको थियो ।
बयान सकिएलगत्तै लेखकले पत्रकार सम्मेलन गर्नुहुने भएको छ । जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै लेखकले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,