News by: helpline
एजेन्सी । अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ ।
स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा खुला गर्नका लागि आफूले दिएको समयसीमा सकिनै लाग्दा ट्रम्पले इरानलाई सम्बोधन गर्दै ’आज रात एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ धम्की दिनुभएको हो । ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा ठुलो युद्धको सङ्केत गरेको छ । अमेरिकाले इरानको रणनीतिक जलमार्गमा लगाएको अवरोध हटाउन केही घण्टाको मात्र समय बाँकी रहेको उल्लेख गर्दै उक्त चेतावनी दिएको अलजजिराले लेखेको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानको ४७ वर्ष लामो ’भ्रष्टाचार र शोषण’ को इतिहास आज रातिबाट समाप्त हुने दाबी गर्नुभएको हो ।
ट्रम्पले लेख्नुभएको छ, “आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुनेछ, जुन फेरि कहिल्यै फर्किएर आउने छैन । म यस्तो होस् भन्ने त चाहन्नँ, तर सम्भवतः यो हुनेछ ।” उहाँले इरानमा अब फरक, चलाख र कम कट्टरपन्थी सोच भएका व्यक्तिहरूको उदय हुने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैबीच ट्रम्पको चेतावनीको जवाफ फर्काउँदै इरानकोे इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ । आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र यसका क्षेत्रीय सहयोगीहरूविरुद्ध अहिलेसम्म निकै संयम देखाएको र बदला लिन लक्ष्य छनोटमा सावधानी अपनाएको बताएको छ । अमेरिकालाई चेतावनी दिँदै आईआरजीसीले अमेरिकी सेनाले आफ्नो सीमा नाघे उनीहरूको प्रतिक्रिया यस क्षेत्रभन्दा पनि बाहिरसम्म पुग्ने चेतावनी दिएको छ । अमेरिका र यसका सहयोगीहरूको पूर्वाधारलाई निशाना बनाउने र वर्षौंसम्म तेल ग्यासको आपूर्ति अवरुद्ध गर्न सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक