24th February 2026, Tuesday

त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी छात्रछात्रा दीक्षित

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । बिहीबार त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी छात्रछात्रा दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो ।

यसपटक विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए ।

मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए । 

दीक्षान्त समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने उल्लेख गरिएको छ ।



No ad available.


No ad available.