News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोल–टोलमा सुरक्षा समिति बनाएर सुरक्षा गर्न एमाले लगायत अन्य दलका कार्यकर्तामा अनुरोध गर्नु भएको छ ।
११ औं महाधिवेशन मार्फत तेस्रो कार्यकालका लागि निर्वाचित एमाले अध्यक्ष ओलीले महाधिवेशन समापन मन्तब्य दिदैं टोल–टोलमा सुरक्षा समिति बनाएर सुरक्षा गर्न अनुरोध गर्नुभएको हो ।
उहाँले सरकारको मात्रै भर पर्दा धोका पाउन सकिने भन्दै एक हप्ताभित्र देशभर टोल–टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्ने भन्दै अहिले देशमा असुरक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले एमाले र अन्य पार्टीहरूलाई अनुरोध गर्दै भन्नुभयो , ‘टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’
ओलीले अहिले देशमा अराजकता मच्चाउन खोजिएको र एमालेले त्यसलाई रोक्ने दाबी समेत गर्नुभयो । देशमा कसैले शान्तिको अनुभूति गर्न नपाइरहेको बताउँदै शान्तिको अनुभूति गराउने काम आफ्नै सुरक्षा प्रबन्धबाट मात्रै हुने तर्क ओलीको छ ।
ओलीले मन्तब्यमा भन्नुभयो– ’एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ। अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ,’।
ओलीले सरकार र जेनजीबीच भएको सम्झौता अवैधानिक रहेको भन्दै यो सम्झौता एमालेले कार्यान्वयन हुनै नदिने उल्लेख गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘यो सरकारसँग संविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेनजीबीचको सम्झौता लागू हुन सक्दैन । एमालेले लागू हुन दिँदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ ।’
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने