24th December 2025, Wednesday

तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न राष्ट्रपति पौडेलको अपिल

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गर्नुभएको छ ।

बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै पौडेलले यस्तो अपिल गर्नुभएको हो । शन्देशमा ‘तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्नि सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून्,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ  ।

राष्ट्रपति पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई अपिल गर्नुभएको हो । राष्ट्रपति पौडेलले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना पनि गर्नु भएको छ ।

 मुलुकमा उत्पन्न भएको विषम तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी अगाडि बढ्न सबैको सहयोग आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताउनु भएको छ । यसैगरी बिभिन्न राजनीतिक दलका नेताहरुले पनि बडा दशैंको उपलक्ष्यामा स्वदेश तथा दिेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकमना ब्यक्त गर्नुभएको छ ।



No ad available.


No ad available.