22nd October 2026, Thursday

तीजका अवसरमा प्रथम महिला पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) को अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्नुभएको छ ।

पशुपतिनाथ मन्दिरमा उहाँले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणेश भट्टबाट टीका एवं फूलप्रसाद ग्रहण गर्नुभएको थियो । पूजा, आराधना एवं दर्शनका लागि प्रथम महिला पौडेल पशुपति क्षेत्र पुग्नुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद्का सदस्यहरू कोषको कर्मचारीले स्वागत गर्नुभएको थियो ।

तीज पर्वका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपति क्षेत्रमा व्रतालु महिलाको लाम लागेको थियो ।



No ad available.


No ad available.