24th December 2025, Wednesday

शितलहरका कारण तराइ मधेशको जनजीवन प्रभावित

Post Image
19 घण्टा अगाडी

News by: helpline

काठमाडौं । तराइ मधेशका बिभिन्न जिल्लामा केही दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ ।

 हुस्सु तथा शितलहरका कारण चिसो बढेपछि स्थानीयहरु आगो तापेर बस्न थालेका छन् । चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको छ ।

दैनिक मजदुरी गरेर जिबिकोपार्जन गर्नेहरुलाइ चिसोले निकै सताउने देखिएको छ। चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानोयुक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिरफेर हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

बाक्लो हुस्सु तथा शितलहरका कारण मधेशका जिल्लाका हवाई उडान प्रभावित भएको छ ।



No ad available.


No ad available.