News by: helpline
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत शान्ति, स्थायित्व र समृद्धिका लक्ष्यप्राप्तिका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा प्रधानमन्त्री कार्कीले सबैपक्षको साथ र संयमले मात्र सरकार लक्ष्यमा सफलता प्राप्त हुने बताउनु भयो। उहाँले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश भएको वर्तमान सरकार निर्वाचनका लागिगम्भीरतापूर्वक लागि रहेको पनि बताउनुभयो । सुशासनलाई संस्थागत गर्दै तोकिएकै समयमा चुनाव गराउन सरकार ठोस रूपमा अघि बढेको भन्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै दल, नागरिक समाज र निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको पनि बताउनुभयो । जेनजी आन्दोलनका क्रममा देशले करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षति भोग्नुपरेको उल्लेख गर्दै प्रधानमंत्री कार्कीले शान्ति र कानुनी सुव्यवस्था कायम राख्न सबैपक्ष संयमित बन्नुपर्नेमा जोड़ दिनुभयो । प्रधानमन्त्री कार्कीले व्यावसायिक सुरक्षाका लागि सरकारले केही महत्त्वपूर्ण कदम चालिसकेको उल्लेख गर्दै निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने