News by: helpline
काठमाडौं । सरकारले हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो ।
कार्यालय समय पनि बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनुभयो ।
प्रवक्ता पोखरेलका अनुसार सरकारलत्यसैगरी बैठकले एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने ९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।
सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट शुरु गर्ने निर्णय शिक्षा मन्त्रालयको प्रश्तावमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,