24th February 2026, Tuesday

शेखर कोइरालाले विभिन्न पार्टीका नेताहरूलाई कांग्रेसमा प्रवेश गराए

Post Image
1 दिन अगाडी

News by: helpline

मोरङ । आफ्नो चुनावी प्रचार कार्यक्रममा रहनु भएका नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं–६ का उमेदवार डा. शेखर कोइरालाले विभिन्न पार्टीका नेताहरूलाई कांग्रेसमा प्रवेश गराउनु भएको छ ।

 कांग्रेस प्रवेश गर्नेहरुमा बिराटनगर –१२ निवासी उर्जाशिल पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भिमबहादुर केसी,धिरज ताजपुरिया, सोहिल शेख, अनुराग बिश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–६ का राप्रपाका स्थानिय नेता डिबी बिक, राजकुमार बिक, लगायत रहेका छन् ।

 नव प्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेसले मात्रै बचाउन सक्ने र डा शेखर कोइराला जसरी पनि संसदमा जानैपर्ने भएकाले आफुहरु कांग्रेस प्रवेश गरेको बताए ।



No ad available.


No ad available.