News by: helpline
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यालयमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ ।
विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र शुरू नभएको तथा शिक्षा नियमावली २०५९ को नियम ७८ (१० (ग) बमोजिम लब्धाकपत्र लगायत आवश्यक सक्कल प्रमाणपत्र समेत प्राप्त नभएको अवस्थामा विद्यालयले भर्नाको सूचना प्रकाशन नगर्न सर्वाेच्चले आदेश दिएको हो ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र शुरू भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको छ ।
प्रत्येक वर्ष वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुन्छ । आदेशमा परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक प्रमाणपत्रबीच समन्वय कायम गर्नुपर्ने उल्लेख छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,