24th February 2026, Tuesday

शुक्रबार साँझ चुनाव चिंन्ह प्रदान गर्दै निर्वाचन आयोग

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४ सय८७ उम्मेदवारमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएकोमा एक जनाको उम्मेदवारी ख़ारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी ख़ारेज हुनेमा कैलाली क्षेत्र नम्बर १का रेशम चौधरी रहेको आयोगले जानकारी दिएको छ। माघ ८ गते ७ बजे उम्मेदवारको नामावली प्रकाशन गरेको आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकेको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने सुक्रबार नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

 आयोगको पछिल्लो जानकारीअनुसार पुरुष ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी १ गरी ३ हजार ४ सय ८६ जनाको उम्मेदवारी दर्ता कायम भएको छ ।।



No ad available.


No ad available.