News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले आज पनि संसदीय दलको नेता चयन गर्न सकेन । प्रतिनिधि सभाको निर्वाचन गत फागुन २१ गते भएको थियो ।
तर कांग्रेसले अझै पनि दलको नेता चयन गर्न सकेको छैन । अन्य सबै राजनीतिक दलहरुले संसदीय दलको नेता छनौट गरिसकेका छन् । कांग्रेस सांसदहरुको शुक्रबार बसेको बैठकमा पार्टी संसदीय दलको विधान संशोधन गर्नेगरी तयारी भइरहेकोले भोलि शनिबार पनि बैठक बस्ने गरी आजको बैठक सकिएको पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभयो ।
कांग्रेसको आजको बैठकमा दलको नेता बन्न इच्छुक सांसदहरुलगायत करिब २५ जना सांसदहरुले आफ्ना भनाइ राख्नुभएको थियो । अधिकांश सांसदहरुले संसदीय दलको नेता छनौट ढिला भएको भनाइ राख्नुभएको थियो । विशेष महाधिवेशनपछि निर्वाचनमा होमिए पनि काँग्रेसभित्र निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि विवाद झन चर्किएको छ ।
पार्टीका विभिन्न पक्षबीच छलफल गरेर पार्टीको संसदीय दलको नेता छान्ने तयारी कांग्रेसले गरेको छ । संसदीय दलको नेताका लागि पार्टीभित्र पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा छ । नेताहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र इन्जिनियर मोहन आचार्यले मुख्य आकांक्षीको रूपमा दाबी प्रस्तुत गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,