News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिबारदेखि इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा सुरु भएको पार्टीको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको दाबी गर्दै अध्यक्ष ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नेभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्ने बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,