13th June 2026, Saturday

स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्छ: डा कोइराला

Post Image
10 महिना अगाडी

News by: helpline

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएको बताउनु भएको छ। बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबिबिएस बिध्यार्थीहरुले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने बताउनु भएको हो। डा कोइरालाको नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताउनुभयो । बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका पुर्व उपकुलपति समेत रहिसक्नु भएका डा कोइरालाले बिपी प्रतिष्ठानबाट पढेका डाक्टरहरु जहाँ-जहाँ पुगेपनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको पनि बताउनु भयो ।

No ad available.


No ad available.