News by: helpline
काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको नीजि बिद्यालय स्वस्तीश्री गुरुकुलले सरकारी अनुमति बिनानै बिदेशी पाठ्यक्रम संचालन गराइरहेको खुलेको छ ।
सो बिद्यालयले नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईबी डिपी-+2 equivalent)को पाठ्यक्रम संचालन गरिरहेको हो । स्वस्तीश्रीले कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीको पाठ्यक्रम संचालन गरेर अभिभावक र बिद्यार्थीबाट लाखौ रुपैयाँ ठगी गरिरहेको छ । सो पाठ्यक्रम स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अर्गनाइजेसनको पाठ्यक्रम हो । जुन निकै महंगो पाठ्यक्रम मानिन्छ । सरकारले सो पाठ्यक्रमका लागि अनुमति बन्द गरेकै झण्डै ३ वर्ष पुगेको छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई मिलेमतोमा सबै अभिभावकलाई ढाँटेर विद्यार्थीको भविष्यसँग खेलवाड गरी अनुमतिबिना नै पढाइरहँदा बिद्यार्थीको भविष्य र लगानी डुब्ने होकि भन्ने चिन्ता कतिपय अभिभावकको रहेको छ ।
सरकारी अनुमतिबिना पाठ्यक्रम सञ्चालन गर्दा समकक्षता निर्धारण नहुने जोखिम त छँदै छ, बिद्यार्थीले छात्रबृत्तिका लागि स्वदेश तथा बिदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ । बिद्यार्थीले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत पाउने छैनन् ।
अनुमति नलिई विदेशी बोर्डको पाठ्यक्रम सञ्चालन गरेका विद्यालयबाट प्रमाणपत्र पाएका विद्यार्थीहरूलाई विदेशी प्रमाणपत्रका आधारमा नेपालमा समकक्षता नदिने शिक्षा मन्त्रालयको भनाई छ । शिक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार अनुमति नलिइ यसरी बिद्यार्थी र अभिभावकलाई भ्रममा पारेर कक्षा संचालन गर्ने शिक्षण संस्थाहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् । शिक्षा क्षेत्रका जानकारहरुपनि यसरी अनुमति नलिइ बिदेशी पाठ्यक्रम संचालन गरिनु सरासर ठगी भएको र यसले नेपालको शिक्षा क्षेत्रलाई बद्नाम गर्ने हुनाले तत्काल कारवाही हुनुपर्ने बताउँछन् ।
सो बिद्यालयले आफूहरुले अनुमति लिने काम भइरहेको भन्दै बिद्यार्थी तथा अभिभावकलाई झुक्याएर बिद्यार्थी भर्ना गर्ने गरेको स्रोतको भनाई छ । जसले गर्दा बिद्यार्थीको लगानी र मेहनत डुब्ने होकि भन्ने चिन्ता बढाएको छ । उक्त बिद्यालयले पाठ्यक्रम संचालन अनुमतिका लागि सरकारी निकायमा निवेदन दिएकै भरमा अनुमति नै नपाई यसरी महंगो पाठ्यक्रम पहुचका भरमा संचालन गरिरहेको छ । जवकि सरकारले बिदेशी पाठ्यक्रम संचालनमा रोक लगाइसकेको छ । सरकारले नेपालमा केही नीजि क्षेत्रका बिद्यालयलाई मात्रै धेरै अगाडीदेखि यो पाठ्यक्रम संचालनका लागि अनुमति दिएको थियो ।
बिद्यार्थीहरुले आईबी डिपी -+2 equivalent) को कक्षामा (११र १२) मा गरी दुई वर्षमा प्रति बिद्यार्थी २० लाख भन्दा बढी बुझाउने गरेका छन् । विश्वमा आईबी डीपि उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना हुन सहज मानिन्छ । तर स्वस्तीश्री गुरुकुलको यो ठगीले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने काममा असर पार्न सक्ने बिज्ञहरुको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक