News by: helpline
एजेन्सी । अमेरिकाले मध्यपूर्व र खाडी मुलुकमा रहेका दुताबास र आफ्ना कुटनीतिक निकाय बन्द गर्ने घोषणा गरेको छ ।
गत शनिबार इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहितका उच्च नेतृत्वमा रहेका ब्यक्तिहरुको मृत्यु भएपछि खाडी मुलुक र मध्यपूर्वमा द्वन्द्व चर्किएको छ । बढ्दो तनावका बिचमा अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दुतावास तथा कूटनीतिक मिसन बन्द गर्ने घोषणा गरेको हो ।
यस्तै तनावग्रस्त देशमा रहेका आफ्ना कर्मचारी र नागरिकलाई ती देश छोड्न आदेश दिएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा मंलबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरु बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दुतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ ।
यस अघि साउदी अरबका अधिकारीले रियादमा रहेको दूतावासमा दुई वटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए । कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत अर्को सुचना जारी नभएसम्म सम्पुर्ण सेवा निलम्बन गरेको छ ।
अमेरिकाले मध्यपूर्वमा तीव्र रुपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो । इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ । जसले द्वन्द्वलाई अझै चर्किने संभावना देखिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक