24th December 2025, Wednesday

साउने संक्रान्ती

Post Image
5 महिना अगाडी

News by: helpline

आज साउन एक गते श्रावण संक्रान्ति कर्कट सक्रान्ति नामले चर्चित दिन ।साउन महीना सुरु । सूर्यदेव मिथुनबाट कर्कट राशिमा प्रबेश गर्ने भएकाले कर्कट सक्रान्ति भनिन्छ । आज नदी कुण्ड ताल तीर्थ स्नान गर्ने प्रचलन छ । श्रावण सक्रान्तिलाई बिशेष पर्बको रुपमा मनाउने चलन रहेको छ। श्रावण महिना भगवान शिवजीको ब्रत ग़री पूजाआजा गर्नाले शिवजी प्रशन्न हुने र चिताएको बरदान दिने बिश्वास रहेको छ। शास्त्रीय मान्यता अनुसार साउनको सोमबार पार्बतीले शिव पति पाउ भनी ब्रत बसेको र शिवलाई पति रुपमा प्राप्त गरेको भन्ने बिश्वास छ। श्रावण महिनाको सोमबार शिवलिंगमा जल चढाउने शिवको ब्रत बस्ने र बिशेष पूजा आजा गर्ने प्रचलन रही आएको छ। साउनमा पार्बतीले हरियो बस्त्र धारण गरेको भन्ने बिश्वासमा हिन्दू नारीहरु श्रावण महिनामा बिशेष हरियो बस्त्र, हरियो चुरा र पोते लगाउने गर्दछन। श्रावण एक गते अर्थात साउने सक्रान्तिको दिन घर घरमा लूतो फाल्ने गर्दछन। साँझ दीप कलश गणेश र कंडाकर देव् को पूजा ग़री बलेको अगुल्टो फाल्नाले छाला सम्बन्धी रोगबाट मुक्ति पाइने जनविश्वास र धार्मिक मान्यता रहेको छ। आजै तिउरी लगाउने चलन पनि छ। तिउरी मेहन्दी जस्तै गाढा रातो लाग्छ यसले राम्रो त देखिन्छ नै, चर्म रोगबाट छुटकारा पाइने भन्ने बिश्वास पनि रहेको छ।



No ad available.


No ad available.