23rd August 2026, Sunday

सुदूरपश्चिममा खगराज भट्ट बने मुख्यमन्त्री

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा )संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो।

उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गर्नुभएको हो। यसअघिका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गर्नुभएको थियो । शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न भनिएकोमा निर्धारित समयभित्र नेकपा एमालेको समर्थनमा भट्टले दाबी पेस गर्नुभएको थियो ।

 दावी पेश गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको थियो । नेकपा र एमालेबीच यसअघि नै मन्त्रालयको भागबण्डामा सहमति भइसकेको छ। यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन गुमेपछि दबाबमा पर्नुभएका शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो।



No ad available.


No ad available.