News by: helpline
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सललाई ६ विकेटले पराजित गर्दैे क्वालिफायर वानमा मा पुगेको छ ।
शनिबार कीतिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो । सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। विराटनगरको लागि ब्याटिङतर्फ साम हेजलेटले २७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए। फाफ डु प्लेसिसले २० बलमा ५० रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गरे। पहिलो विकेटको लागि फाफ डु र सामले ९७ रनको साझेदरी गरे। मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाएर आउट भए। लोकेश बम ३ र मसिर अहमले ८ रन बनाउँदै जित दिलाए।
प्रतिश जिसीले ३ बलमा १३ रन प्रहार गर्दै जित दिलाए। यता, सुदूरको लागि अभिनाष बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो। सुदूरको लागि ब्याटिङतर्फ आरिफ शेखले सर्वाधिक ४५ रन बनाए। यनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे। ओपनर जोस ब्राउन २४, बिनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए। यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन बनाए आउट भए। विराटनगरको लागि बलिङतर्फ कप्तान सन्दिप लामिछानेले तीन, प्रतिश जिसीले दुई विकेट लिए। प्रतिशले अन्तिम ओभरको पहिलो बलमै सुदूरका कप्तानलाई आउट गाए।
उनले एक ओभर बलिङ गर्दै चार रन खर्चिएर दुई विकेट हात पारेका हुन्। सन्दीपले ४ ओभरमा २० रन खर्चिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।
सुदूरपश्चिम १२ अंकसहित यसअघि नै क्वालिफायर वानमा पुगिसकेको थियो । विराटनगर र काठमान्डु गोर्खाजको समान १० अंक भए पनि सुदूरपश्चिममाथि विजय हात पारेपछि विराटनगरले काठमान्डुलाई नेट रन रेटमा उछिनेको हो
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने