22nd October 2026, Thursday

सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल बर्खास्त

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सरकारले निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ ।

 गत असोज १९ गते निलम्बनका परेका दाहाललाई बर्खास्त गरेको गृहमन्त्रालयले जनाएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै दाहाललाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो ।

त्यसकै आधारमा बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै शुक्रबारबाटै दाहाललाई सेवाबाट हटाइएको उल्लेख गर्नुभएको छ ।



No ad available.


No ad available.