24th December 2025, Wednesday

सुशीला नेतृत्वको सरकार असफल भएको जेनजी अगुवा मिराज ढुङ्गाना समूहको दाबी,सोमबारदेखि आन्दोलन

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । जेनजी अगुवा मिराज ढुङ्गाना समूहले पुस ७ गते सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

 आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्नुभएको हो । 

 उहाँले सोमबार ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गर्नुभएको छ ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको ढुङ्गानाको भनाई छ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्नुपरेको उल्लेख गर्नुभयो । 

उहाँले प्रश्न गर्दै भन्नुभयो – ‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन ।

सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई कार्की नेतृत्वको सरकारले धोका दिइएको पनि बताउनुभयो ।



No ad available.


No ad available.