News by: helpline
काठमाडौं । जेनजी अगुवा मिराज ढुङ्गाना समूहले पुस ७ गते सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले सोमबार ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गर्नुभएको छ ।
सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको ढुङ्गानाको भनाई छ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्नुपरेको उल्लेख गर्नुभयो ।
उहाँले प्रश्न गर्दै भन्नुभयो – ‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन ।
सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई कार्की नेतृत्वको सरकारले धोका दिइएको पनि बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,