News by: helpline
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त )राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको छ ।
अध्यक्ष राउतले सोमबार सामाजिक सञ्जालमार्फत संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै संघर्षको राजनीति भने जारी राख्ने बताउनुभएको छ । राउतले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहिरहने प्रष्ट पार्नुभएको छ । अध्यक्ष राउतले आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको लागि निरन्तर संघर्ष गरिरहने भन्दै व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने पनि उल्लेख गर्नुभएको छ । अध्यक्ष राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका बन्नु भएको थियो ।
तर उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पराजित हुनु भएको थियो संसदीय राजनीतिमा नलागेपनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने राउतको भनाई छ । अघिल्लो पटकको चुनावमार्फत संसदीय राजनीतिमा आएका अध्यक्ष राउतको पार्टीले यसपटक समानुपातिक थ्रेसहोल्ड कटाउन समेत सकेन ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक