23rd August 2026, Sunday

सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसदका सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेकोछ ।

सो सम्बन्धमा सर्वाेच्चले अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले उक्त निर्णय खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेको हो।

यससँगै सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सरकारी प्रक्रिया अघि बढ्ने भएको छ। साथै, सर्वोच्चले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न कारण देखाउ आदेश जारी गरेको हो ।



No ad available.


No ad available.