News by: helpline
काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक बर्ष २०८३/८४ को विनियोजन विधेयक पारित भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राख्नुभएको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो । सरकारले बजेट ल्याउँदा विनियोजन विधेयकसहित राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयक लगाएतका विधेयकहरु पनि ल्याउने गरेको छ । विनियोजन विधेयकले सरकारको खर्च सम्बन्धी व्यवस्था समेटेको हुनाले विनियोजन विधेयक पारित भएसँगै बजेट पनि पारित भएको छ ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक पारित हुनुअघि खर्च कटौति सम्बन्धी करिब डेढ दर्जनवटा प्रस्तावहरु अस्वीकृत भएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते २१ खर्ब २४ अर्ब रुपैयाको बजेट ल्याएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,