News by: helpline
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलको साथ र सहयोगबिना निर्वाचन असम्भव भएको बताउनु भएको छ ।
आज बुधबार निर्वाचन आयोगमा दर्ता भएका दल सहितको सहभागितामा भएको सर्वदलीय बैठकमा सम्बोधन गर्दै उहाँले लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै भएको र दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव हुने बताउनु भएको हो ।
बैठकमा प्रधानमन्त्री कार्कीले फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु आफ्नो सरकारको प्रमुख काम रहेको र निर्वाचनले नै लोकतान्त्रिक निकास दिने उल्लेख गर्नुभयो ।
’अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुने पनि प्रधानमन्त्री कार्कको भनाई थियो । लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचन भाग लिनुको कुनै विकल्प नभएको समेत प्रधानमन्त्री कार्कीको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने