News by: helpline
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलको साथ र सहयोगबिना निर्वाचन असम्भव भएको बताउनु भएको छ ।
आज बुधबार निर्वाचन आयोगमा दर्ता भएका दल सहितको सहभागितामा भएको सर्वदलीय बैठकमा सम्बोधन गर्दै उहाँले लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै भएको र दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव हुने बताउनु भएको हो ।
बैठकमा प्रधानमन्त्री कार्कीले फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु आफ्नो सरकारको प्रमुख काम रहेको र निर्वाचनले नै लोकतान्त्रिक निकास दिने उल्लेख गर्नुभयो ।
’अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुने पनि प्रधानमन्त्री कार्कको भनाई थियो । लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचन भाग लिनुको कुनै विकल्प नभएको समेत प्रधानमन्त्री कार्कीको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,