14th April 2026, Tuesday

सार्वजनिक यातायातमा बढ्यो भाडा

Post Image
5 दिन अगाडी

News by: helpline

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ ।

 यातायात व्यवस्था विभागका अनुसार यातायात मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मूल्य वृद्धि नभइ समायोजन मात्रै भएको बताउनु भयो ।

परिमार्जित भाडादर अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १५.७५ प्रतिशत भाडा वृद्धि गरी समायोजन गरिएको विभागले जनाएको छ । विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था छ ।

 यसअघि डिजेलको मूल्य प्रतिलिटर १५० रुपियाँ हुँदा २०८१ पुस २२ गते पछिल्लो पटक भाडा समायोजन गरिएको थियो । नयाँ भाडादर आजैका मितिदेखि लागू हुने गरी विभागले सम्बन्धित सबै निकायलाई जानकारी गराएको छ ।



No ad available.


No ad available.