News by: helpline
काठमाडौं । सर्वोच्च अदालतको आदेशविपरीत सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ।
मन्त्रिपरिषदले गत असोज ३० गते गरेको निर्णयअनुसार फिर्ता बोलाइएका राजदूतलाई काठमाडौं आएर परराष्ट्र मन्त्रालयमै रहेर काम गर्न पत्राचार गरिएको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ११ जना राजदूतलाई मन्त्रालयमा हाजिर भएर काम गर्ने गरी निर्देशन पठाइएको छ ।
सर्वोच्च अदालतले ती ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न गत आइतबार अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजालासले उक्त आदेश गरेको हो।
मन्त्रालयमा कामकाज गर्ने गरी बोलाइएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्क(तार), जंगब चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) रहनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने