News by: helpline
काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ढुंगेल पूर्वमाओवादी पार्टीमा आबद्ध थिए ।
सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।उनी २०७९ को स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसको सभापति निर्वाचित भएका थिए ।
यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जना पक्राउ गरिसकेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने