24th February 2026, Tuesday

सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन

Post Image
1 घण्टा अगाडी

News by: helpline

सर्लाही । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

सर्लाही क्षेत्र नं.३ बाट दिएको उम्मेद्वारी उहाँले फिर्ता लिएको घोषणा गर्नुभएको हो । दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विनोदकुमार खनाललाई समर्थन गर्ने बताउनुभयो ।

राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिन्हमा उम्मेद्वारी दिनु भएका दाहालले आफू र आफ्नो पार्टीको सम्पूर्ण टिम कांग्रेस उम्मेद्वार खनालको पक्षमा उभिने स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै कांग्रेस उम्मेद्वार खनालले दाहालको निर्णयप्रति आभार व्यक्त गर्दै यसले लोकतान्त्रिक शक्तिहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।



No ad available.


No ad available.