News by: helpline
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएपछि आज सोमबार बिहान ४ बजे महोत्तरीको पानस होटलमा प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो । त्यसपछि उहाँ बिवादमा तानिनु भएको थियो ।
नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ
यसैबीच सरकारले मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुमित्रा भण्डारी सुवेदीलाई हटाउन र नयाँ प्रदेश प्रमुखमा लाभलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
मधेशमा सत्ता राजनीतिको खेलमा प्रदेश प्रमुख सुवेदी विवादमा मुछिएपछि सरकारले उहाँलाई हटाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो । लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुनुहुन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,