News by: helpline
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएपछि आज सोमबार बिहान ४ बजे महोत्तरीको पानस होटलमा प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो । त्यसपछि उहाँ बिवादमा तानिनु भएको थियो ।
नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ
यसैबीच सरकारले मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुमित्रा भण्डारी सुवेदीलाई हटाउन र नयाँ प्रदेश प्रमुखमा लाभलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
मधेशमा सत्ता राजनीतिको खेलमा प्रदेश प्रमुख सुवेदी विवादमा मुछिएपछि सरकारले उहाँलाई हटाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो । लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुनुहुन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने