News by: helpline
काठमाडौं। सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको प्रमुख ३ राजनीतिक दलको पार्टी कार्यालयको अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितसरको सानेपा, नेकपा एमालेको मुख्यालय ललितपुरको च्यासल र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय काठमाडौंको कोटेश्वर स्थित पेरिस डाडामा पुगेर अनुगमन गरेको हो ।
सरकारी अनुगमन टोलीमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको सहभागिता रहेको थियो ।
अनुगमना क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संचारकमीृहरुसँग कुराकानी गर्दै राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको उल्लेख गर्नुभयो ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको मिति तय गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,