23rd August 2026, Sunday

सरकार सुशासनको जग बसाल्न तल्लिन रहेको रविको दाबी

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाइ मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताउनु भएको छ ।

रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दाबी गर्दै विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताउनु भएको हो ।

सरकारले गरेका राम्रा कामलाई छायामा पार्ने प्रयास विपक्षी दलबाट भइरहेको आरोप लगाउँदै लामिछानेले सरकारका उपलब्धिलाई ओझेलमा पार्ने गतिविधि हुन सक्ने भन्दै पार्टी पंक्तिलाई त्यसप्रति सचेत हुनुपर्ने धारणा राख्नु भयो ।

विभिन्न दलका नेताहरू नेपथ्यमा बसेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको दाबी गर्दै उहाँले त्यसप्रति सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। सभपति लामिछानेले सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमै बोलाएर जनता र पार्टी सदस्यका कुरा सुन्ने व्यवस्था गरिएको र सरकारका विषयमा ठूलो समस्या नरहेको जानकारी दिनुहुँदै सरकार सुशासनको जग बसाल्न तल्लिन रहेको दाबी गर्नुभयो ।



No ad available.


No ad available.