News by: helpline
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा आज सोमबार भएको बार्तामा अभियानले राखेका २७ बुँदे मागका सम्बन्धमा बुँदागत रुपमा छलफल भएको प्रसाईंले बताउनु भयो । वर्तमान सरकारले आफ्ना मागहरु सुनुवाइ गर्न सुरु गरेको पनि प्रसाईंको भनाई छ ।
आफूहरुले उठाएका जनजीविकाका विषय सुनुवाइ गरेको भन्दै प्रसाईंले सरकारलाई धन्यवाद पनि दिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना मागहरुलाई जनजीविका सम्बन्धित मागको रुपमा लिएको भन्दै पुस २ गतेसम्म कुनै निर्णयमा सरकार पुग्ने आश्वासन पाएको बैठकपछि प्रसाईंले जानकारी दिनुभयो ।
अभियानले उठाउँदै आएको माग पुरा गरेर निर्वाचन गर्न उपयुक्त हुने सुझाब आफूले दिएको प्रसाईंको भनाई छ । प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई आज वार्तामा बोलाइएको थियो ।
प्रसाईंसँग प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहितले छलफल गर्नुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,